दार्चुला । दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्रुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो ।
“दुई दिनदेखि फोन लाग्न सकेको छैन्”, स्थानीय योगेश बोहराले भने, “भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।” सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन ।
यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ ।




