प्रविधि

चर्चित वेब सेवा कम्पनी याहु ग्रुप्स बन्द हुँदै

काठमाडौं।बहुचर्चित वेब सेवा कम्पनी याहुको “याहु ग्रुप्स” आउँदो मङ्सिर ३० गतेदेखि बन्द हुने भएको छ ।

याहु ग्रुप्सले सोमबार आफ्ना प्रयोगकर्ताहरुलाई इमेल पठाएर सन् २०२० डिसेम्बर १५ तारिखदेखि आफ्ना याहु ग्रुप्सको सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन्। अक्टोबर १२ देखि नयाँ ग्रुप बनाउन नमिल्ने र डिसेम्बर १५ देखि याहू ग्रुप्सबाट ईमेलहरू पठाउन र प्राप्त गर्न सकिदैन। वेबसाइट पनि बन्द हुने जनाएको छ ।

याहू ग्रुप्सको पछिल्ला समयमा लगातार गिरावट थियो । याहू! ग्रुप्स विश्वको अनलाइन छलफल बोर्डहरूको सबैभन्दा ठूलो सङ्ग्रह हो।

प्रयोगकर्ताले पठाएको र प्राप्त गरेका ईमेलहरू ईमेलमा रहनेछ भने डिसेम्बर १ देखि भने कुनै पनि सदस्यहरुले सन्देश पठाउने वा प्राप्त गरिने छैन।

याहु ग्रुप्स बन्द भएतापनि “याहु मेल” भने कुनै असर नहुने याहुले जनाएको छ । याहु मेलबाट इमेल पठाउन प्राप्त गर्न सकिने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *