प्रविधि

अमेरिका इन्टरनेटमा नियन्त्रण चाहन्छ ?

अमेरिकी विदेशमन्त्री माइक पाम्पियोले भने, ‘अमेरिका एउटा स्पष्ट इन्टरनेट चाहन्छ ।’ यसको अर्थ अमेरिका इन्टरनेटमा चीन र चिनियाँ कम्पनीको प्रभाव अन्त्य गर्न खोजिरहेको छ । तर आलोचकहरु भन्छन्, यसले ग्लोबल इन्टरनेटलाई नियन्त्रणमा राख्न त्यत्ति सजिलो विषय होइन ।

तथाकथित ‘स्प्लिन्टरनेट’ शब्दको प्रयोग सर्वसाधारणले चीन र पछिल्लो समय रुसका बारेमा गरिन्छ । सर्वसाधारणले इन्टरनेटमा के हेर्न चाहन्छन, त्यसलाई नियन्त्रण गर्न सरकारले चाहिरहेको छ ।

चीनको ग्रेट फायबल यसको सटिक उदाहरण हो, कुनै पनि देश इन्टरनेटको ठूलै पर्खाल खडा गर्न सक्छ । तपाईंले चीनमा गुगल सर्च इन्जिन भेट्नु हुन्छ, ने फेसबुक नै । तर धेरैले यो अपेक्षा गरेका थिएन, अन्ततः अमेरिका पनि चीनकै बाटो हिड्नेछ । आलोचकहरु भन्छन्, विदेशमन्त्री पाम्पियोको भनाइ अमेरिका यही दिशामा अघि बढ्न चाहिरहेको छ । पाम्पियो भन्छन्, ‘यूएस मोबाइल एप्स स्टोर्सदेखि विश्वास गर्न नसकिने एप्लिकेशन हटाउनुपर्ने छ ।’

उनले भने, ‘चीनको एप्स हाम्रो व्यक्तिगत जीवनका लागि खतरनाक छ । यसले भाइरस, प्रोपोगन्डा र भ्रामक सूचना फैलाइरहेको छ । सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको ‘कसैले पनि चिनियाँ एप्सप्रति विश्वास गर्दैनन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *