प्रविधि

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

एएनआई। सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ ।

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *