प्रविधि

भर्चुअल विधिमा पत्रकारिता शिक्षा   

काठमाडौँ । कोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् ।
सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले आफ्ना शिक्षक र विद्यार्थीले भर्चुअल कक्षाको नयाँ अनुभव गरिरहेको बताउए ।

कलेजले मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो सेमेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षा अनलाइन विधिमा शुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *