अर्थ

दूरसञ्चार प्राधिकरणले गर्‍यो कोरोना उपचार कोषमा रु १५ करोड सहयोग

काठमाडाैं।नेपाल दूरसंचार प्राधिकरणले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा १५ करोड रुपैयाँ जम्मा गरेकाे  छ । बुधवार बसेकाे प्राधिकरणकाे वाेर्ड बैठकले कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेकाे थियाे।

उक्त  रकम सरकारी कोषमा जम्मा गर्न सरकारलाई चेक हस्तान्तरण गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । प्राधिकरणले उक्त रकम वार्षिक कार्यक्रम तथा बजेटमा सूचना तथा संचार प्रविधि विकास र प्रबर्द्धनको लागि सहयोग गर्न बिनियोजन बजेटबाट खर्च गरिएकाे उल्लेख  गरी सो रकम उपलब्ध गराएको बताइएकाे छ ।

यसै गरी नेपाल दूरसञ्चार कम्पनि लिमिटेडले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार रु १२ करोड सहयाेग गरेकाे छ ।

दूरसंचार क्षेत्रको निमायक निकाय प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई  सो कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *