काठमाण्डौ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट हुने जोखिमलाई रोक्न नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (कोभिड–१९) रोकथामको सन्देश बजाउन थालेको छ ।
नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ । सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ । यो सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फोन गर्न सकिन्छ ।




