ताजा समाचार

ट्वीटरपछि फेसबुक र गुगलले पनि कर्मचारीलाई घरबाटै काम गर्न दियो निर्देशन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी फेसबुक र गुगलले अमेरिकास्थित सान फ्रान्सिस्को शहरका आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। कोरोना भाइरसको त्रासपछि बिहीबार फेसबुक र गुगलले घरैबाट काम गर्न निर्देशन दिएको रोयटर्सले जनाएको छ।

ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ। अमेरिकामा हालसम्म सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १३ को मृत्यु भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *