खेलकुद

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम फाइनलमा

काठमाडौं । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जनकपुरमा सोमबार भएको खेलमा विनोद भण्डारीको एक सय ८९ रनको सानदार प्रदर्शनमा आर्मीले लिगको पुछारमा रहेको कोशी प्रदेशलाई एक सय ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यस्तै वीरगन्जमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले हराएपछि सुदूरपश्चिम प्रदेश लिगको उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *