खेलकुद

यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

काठमाडौं । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गरेका छन् । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् ।

स्थानीयस्तरमा क्रिकेटको विकास र प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले राससलाई बताए । जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षणमा सघाउने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *