काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १२८ रनको लक्ष्य पछाएको राजस्थानले १२.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा वैभव सूर्यवंशीले १७ बलमा ५२ रन बनाएका थिए भने यशस्वी जैसवालले अविजित ३८, ध्रुव जुरेलले १८ र कप्तान रियान परागले १४ रन बनाए । त्यस्तै चेन्नईका बलर अन्शुल कामबोजले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले १९.४ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । चेन्नईका लागि जामि ओभरटनले सर्बाधिक ४३ रन बनाएका थिए भने कार्तिक शर्माले १८ र सरफराज खानले १७ रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।
जारी आइपिएल अन्तर्गत मंगलबार गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुदैछ ।




