खेलकुद

प्रिमियर लिगमा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी एभर्टनसँग ३-० गोलले स्तब्ध बनेको हो ।

हिल डिकिन्सन स्टेडियममा भएको खेलमा एभर्टनलाई जित दिलाउन बेटोले दुई गोल गर्दा इलिम्यान एन्डीएले एक गोल थपे । खेलको ३३ औँ मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई शुरूवाती अग्रता दिलाएका थिए । ६२ औँ मिनेटमा बेटोले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए ।

यस्तै ७६ औँ मिनेटमा इलिम्यानले गोल गर्दै एभर्टनलाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै एभर्टन ३१ खेलबाट ४६ अंक जोड्दै आठौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट ४८ अंक जोडेको चेल्सी छैटौँ स्थानमा यथावत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *