काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडलाई ७-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समग्रमा ८-३ को नजितासहित क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोना पहिलो लिगमा न्यूक्यासलसँग १-१ गोलको बराबरी खेलेको थियो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले एक एक गोल गरेका थिए भने लामिन यमल, मार्क बेर्नाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
त्यस्तै गएराती सम्पन्न अर्को खेलमा एटलेटिको म्याड्रिड टोटनह्यामसँग ३-२ ले पराजित भएपनि समग्रमा ७-५ गोल अन्तरको नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा बार्सिलोना र एटलेटिको म्याड्रिड खेल्ने भएका छन् ।




