खेलकुद

सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा

पोखरा । सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले पराजित गर्दै सहारा क्लब पोखरा फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अब दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र उज्बेकिस्तानको एभीए एफसीवीच बिहिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *