खेलकुद

आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन

बेलबारी(मोरङ)।मोरङको बेलबारी नगरपालिकामा आजदेखि ‘बलबहादुर मगर स्मृति’ कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका एक सय ८ टोलीको सहभागिता रहेको छ ।

डाँगीहाट ब्याटमिन्टन क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता यही माघ १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताउनुुभयो । प्रतियोगीताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आज एक समारोशबीच उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ पाँच बिधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *