खेलकुद

राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै एपिएफ शीर्षस्थानमा

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो । एपिएफ जारी लिगमा अपराजित टोली हो । एपिएफको जितमा दुवै गोल समीरराज थोकरले गर्नुभयो । जावलाखेलका धर्बेन्द्र कुँवरले सान्त्वना गोल गर्नुभयो ।

जितसँगै एपीएफले चार खेलबाट १२ अङ्क बनाएको छ । समान खेलबाट १० अङ्क बनाएको लालीगुराँस एसोसिएसन दोस्रो स्थानमा छ । तेस्रो हार खेलेको जावलाखेलको तीन अङ्क छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *