खेलकुद

श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो । श्रीलंका ए ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । यसअघि श्रीलंका ए ले पहिला ब्याटिंग गर्दै ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलंका ए सँग ६ विकेटको हार बेहोरेको थियो ।

नेपालले श्रीलंकामा अब जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *