ओउस्माने डेम्बेले र आइटाना बोन्माटीले २०२५ फिफा उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । मंगलबार राति भएको अवार्ड समारोहमा डेम्बेले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी चुनिएका हुन् ।
पीएसजीलाई गत सिजन युईएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डेम्बेलेले बेलन डी’ओर अवार्डपनि जितेका थिए । उनले पीएसजीलिई फिफा क्लब विश्वकपको फाइनलसम्मपनि डोर्याएका थिए । तर फाइनल खेलमा पीएसजी चेल्सीसँग पराजित भएको थियो ।
२०२५ को शुरुवातदेखि डेम्बेलेले ३० गोल गर्दै १२ एसिस्ट प्रदान गरेका थिए । उनीभन्दा अगाडी चार खेलाडीले मात्र गोलको लागि धेरै योगदान गरेका थिए ।
यस्तै बार्सिलोनालाई महिला च्याम्पियन्स लिगको फाइनल र स्पेनलाई महिला युरोकपको फाइनलसम्म पुर्याएकी बोन्माटी उत्कृष्ट महिला वर्ष खेलाडी बनेकी हुन् ।
पीएसजीकै मुख्य प्रशिक्षक लुइस इन्रिकी उत्कृष्ण पुरुष वर्ष प्रशिक्षक र इंग्ल्याण्डकी सरिना विग्म्यान उत्कृष्ण महिला वर्ष प्रशिक्षक घोषित भए ।




