खेलकुद

क्यामरुन ग्रीन बने आइपिएल इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी

काठमाडौँ । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आइपिएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।

ग्रिनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद गरेको छ । आइपिएल २०२६ को लिलामीमा सबैभन्दा पहिले बिक्री हुने खेलाडी दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर रहेका छन् ।

लिलामीको सुरुवातमा अस्ट्रेलियन क्रिकेटर जेक फ्रेजर-म्याकगर्कबाट भएको थियो । तर उनी ‘अनसोल्ड’ भए । त्यसपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरलाई डेल्ही क्यापिटल्सले दुई करोड रुपैयाँमा खरिद गरेको हो ।

आईपीएलका लागि भारतीय क्रिकेटर पृथ्वी शॉ ‘अनसोल्ड’ रहे । न्युजिल्यान्डका क्रिकेटर डेभोन कानवे र भारतीय ब्याट्सम्यान सरफराज खान पनि ‘अनसोल्ड’ को सूचीमा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *