खेलकुद

च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी

काठमाडौँ। बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्‍यो ।

बार्सिलोनालाई जिताउन दुवै गोल कुन्डेले गर्नु भयो । उहाँले ५०औँ र ५३औँ मिनेटमा गोल गर्नु भयो । यसअघि फ्याङ्कफर्टका अन्सगर नउफले २१औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो ।

जितसँगै ६ खेलबाट १० अङ्क बनाएको बार्सिलोना १४औँ स्थानममा छ । पराजित फ्याङ्कफर्ट समान खेलबाट चार अङ्क जोड्दै ३०औँ स्थानमा छ ।

यस्तै प्रतिस्पर्धात्मक अर्को खेलमा लिभरपुललाई जिताउन डोमोनिक स्जोबोसजलाईले ८८औँ मिनेटमा निर्णायक गोल गर्नु भयो । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोली इन्टर मिलानको गोल फर्काउने प्रयास भने सफल भएन ।

जितसँगै ६ खेलमा १२ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ । पराजित इन्टर समान खेलबाट १२ नै अङ्कसहित पाँचौँ स्थानमा छ ।

मङ्गलबार राति नै भएको अन्य खेलमा मोनाकोले गालातासारे र ओलिम्पियोकसले काइरातलाई १–०, बायर्न म्युनिखले स्पोर्टिङलाई ३–१, मर्सेले रोयल युनियन सेन्ट गिलोइस र एट्लेटिको म्याड्रिडले पीएसभीलाई ३–२, बार्सिलोनाले फ्याङ्फर्ट तथा एटलान्टाले चेल्सीलाई २–१ र टोट्टनहामले साल्भिया प्रागलाई ३–० गोलले पराजित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *