खेलकुद

एनपिएलमा पोखराका रोसिङ्टनको शतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभएको छ । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्नुहुँदै उहाँले शतक पूरा गर्नुभएको हो ।

टस जितेर कर्णालीले पहिला बलिङ गरेपछि पोखराका लागि ओपनिङमा ब्याटिङ गर्न आउनुभएका रोसिङ्टनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १०१ रन प्रहार गर्नुभएको हो ।

यसअघि कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउउनु भएको थियो । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेल्दै वाटले ४१ बलमै शतक पूरा गर्नुभएको थियो

यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाउनुभएको थियो । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेल्नुभएको थियो । गौसले ५४ बलमा शतक बनाउनुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *