खेलकुद

एनपीएल: कर्णालीले टस जित्यो, विराटनगरले पहिला बलिङ गर्दै

काठमाडौं ।राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंङस प्रतिस्पर्धा गर्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको हो ।

तीन खेलबाट दुई अङ्क मात्रै जोडेको कर्णालीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्कतालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जिते उसको प्लेअफको यात्रा सहज हुनेछ । यसअघि आजको पहिलो खेलमा काठमाडौँले चितवनलाई हराएको थियोे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *