खेलकुद

ला लिगामा रियल म्याड्रिडको अर्को जित

काठमाडौँ । रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा भलेन्सियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने जुड बेलिङघम र अल्भारो कारेरासले एक एक गोल गरेका थिए । यस खेलमा भिनिसियस जुनियरले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ला लिगामा ११ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहको छ । त्यसैगरी भलेन्सियाको ११ खेलमा केवल ९ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *