खेलकुद

युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् । रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । हाल रोहितसँगै आरिफ सेख २२ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३१.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *