खेलकुद

काभा कप पुरुष भलिबलमा पाँचौं भयो नेपाल

काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलबार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २९-२७ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै प्रतिष्पर्धात्मक तेस्रो सेटमाल्दिभ्सले ३७-३५ ले जितेको थियो भने चौथो सेट नेपालले २५-१९ ले जितेको थियो ।

यो जितपछि नेपाल ६ देश खेलेको प्रतियोगितामा पाँचौं भएको छ भने माल्दिभ्स छैटौं भएको छ । लिग चरणमा नेपाल तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग पराजित भएको छ ।

प्रतियोगिताको उपाधिका लागि आजै तुर्कनेमिस्तान र अफगानिस्तान खेल्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *