काठमाडौं। अष्ट्रेलियासँग एकदिवसीय खेल खेल्दा खेल्दै घाइते भएका भारतीय ब्याट्सम्यान श्रेयस ऐयरको आइसीयूमा उपचार भइरहेको छ ।
अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय म्याचका क्रममा उनलाई छातीको तल्लो भागमा चोट लागेको थियो । उनको सिड्नीको एक अस्पतालमा उपचार भइरहेको हो ।
उनको प्लीहामा चोट देखिएको बताइएको छ ।
भारतले तेस्रो एकदिवसीय खेल ९ विकेटले जिते पनि पर्थ र एडिलेडमा भएको पहिलो र दोस्रो खेल हारेपछि तीन खेलको शृंखला २–१ ले गुमाएको छ ।




