खेलकुद

लिभरपुलमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोपल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमो र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि कोडी गाक्पोले एक गोल गरेका थिए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडले २०१६ पछि पहिलो पटक यो जित हासिल गरेको छ ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा १३ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ८ खेलमा १५ अंक रहेको छ र हाल लिगमा तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *