खेलकुद

नेपालको आइसीसी टी २० टिम वरियतामा एक स्थानको सुधार

काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अक्टोबर १३ अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थानको सुधार गरेको हो ।

नेपाल यसअघि १८औं स्थानमा रहेकोमा अब १७औं स्थानमा उक्लिएको छ । नेपालले लगातार जित हासिल गरेपछि वरियतामा पनि सुधार भएको हो । खासगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेपछि नेपालको वरियतामा सुधार भएको छ । त्यस्तै यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेको छ र १८औं स्थानमा पुगेको छ ।

टी-२० को वरियतामा हाल भारत शिर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै नेपाल भन्दा एक स्थान माथि युएई रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *