खेलकुद

महिला क्रिकेट विश्वकप: भारतमाथि दक्षिण अफ्रीकाको शानदार जित

काठमाडौँ । दक्षिण अफ्रिकाले जारी महिला क्रिकेट विश्वकपमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २५२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५१ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रिकाको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ र अंक तालिकामा हाल चौथो स्थानमा रहेको छ । त्यस्तै भारतको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ । भारत अंकतालिकामा हाल तेस्रो स्थानमा रहेको छ । जारी विश्वकपमा आज बंगलादेश र न्यूजील्याण्डबीच खेल हुदैछ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *