काठमाडौँ । ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
ओमानले समुह सीको पहिलो खेलमा सामोआलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो ।
सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सामोआले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
आजदेखि शुरु भएको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आजै कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार रति ८: ४५ बजेदेखि शुरु हुदैछ भने यस खेलको प्रत्यक्ष प्रशारण आइसीसीले आफ्नो वेभसाइट र एपमा गर्दैछ ।



