खेलकुद

नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ। बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो।

यो खेल नेपाली समय अनुसार शनिबार बिहान १०ः १५ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ। सोही मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ। थप तीन खेल असोज १९, २१ र २२ गते हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिज अगाडि मलेसियामा केही अभ्यास खेल खेलेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *