खेलकुद

केनको ह्याट्रिकमा बायर्न म्युनिउख विजयी

काठमाडौँ । बायर्न म्युनिखले जर्मनी लिग अन्तर्गत होफेनहेइमलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइमलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै सेर्गी ग्नाब्रीले एक गोल गरेका थिए ।

त्यस्तै होफेन हेईमका लागि एक गोल भ्लादिमिर कोउफलले एक गोल गरेका थिए ।

यो जितपछि बायर्नले लिगमा लगातार चौथो जित हासिल गर्दै ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै होफेनहेइमको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *