काठमाडौँ । काठमाडौँ स्पाइकर्सले पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत मधेश युनाइटेडलाई पराजति गरेको छ ।
आइतबार सम्पन्न पहिलो खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको थियो ।
पहिलो सेट २६-२४ ले जितेको काठमाडौँ मधेशसँग दोस्रो सेटमा २५-२३ ले पराजित भएको थियो । त्यसपछि काठमाडौँले खेलमा कमब्याक गर्दै २५-२२ र २५-१९ ले लगातार दुई सेटमा जित निकालेर ३-१ ले विजयी भएको थियो ।
यस अघि पहिलो खेलमा हार बेहोरेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौँ स्पाइकर्स पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो । त्यस्तै मधेश युनाइटेडको भने तेस्रो खेलमा यो दोस्रो हार हो ।
लिग अन्तर्गत आज अर्को खेल लुम्बिनी लाभास र पोखरा निन्जाजबीच हुदैछ ।




