काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ । पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ ।
यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ ।
पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए । आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडीआई प्रतिस्पर्धा गर्नेछ ।




