खेलकुद

अल नासरलाई पेनाल्टी सुटआउटमा हराउदै अल अहलीले जित्यो साउदी सुपर लिग

काठमाडौँ । अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ ।

 

हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल गर्दै साउदी सुपर लिगको उपाधि जितेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

२-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए । त्यस्तै यसअघि अहलीका लागि फ्र्यांक केसिएले गोल गरेका थिए । त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *