खेलकुद

बंगलादेश ए ले नेपाललाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । बंगलादेश ए ले अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाललाई १८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको हो ।

बंगलादेश ए का लागि जिशान आलमले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले अविजित ४८, नैम शेखले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर रिजन ढकालले २ विकेट लिए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको ठाउँमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ ११ मा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *