खेलकुद

मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

काठमाडौं। मैत्रीपूर्ण खेलमा टोटनहम र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन्  ।

 

प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग टोटनहम १–१ को बराबरीमा रोकिएको हो । आइतबार सिओल विश्वकप रंगशालामा सो खेल भएको थियो ।

टोटनहमका लागि ब्रेनन जोनसनले खेलको सुरूवाती चौथौं मिनेटमा गोल गरेर अग्रता कायम गरे पनि न्युक्यासलका लागि ३८ औं मिनेटमा हार्वे बार्न्सले गोल गरेका थिए ।

अब टोटनहमले बिहीबार बायर्न म्युनिख तथा न्युक्यासलले शुक्रबार स्पान्योलसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *