काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ ।
मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने आठ बजट खेल शुरु हुनेछ ।
आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।
समूह ‘ए’ मा नेपालसहित सिंगाापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।




