खेलकुद

आइपिएलको दोस्रो क्वालिफायरमा मुम्बई र पञ्जाव किंग्स भिड्दै

काठमाडौँ । आज आइपिएलको दोस्रो क्वालिफायरको खेल हुदैछ । दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्स र पञ्जाव किंग्स खेल्दैछन् ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।

मुम्बई इण्डियन्सले इलिमिनेटरमा गुजरात टाइटन्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो भने पञ्जाव किंग्स पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

यस सिजनमा लिग चरणमा दुवैबीच मे २६ मा सम्पन्न खेल पञ्जावले ७ विकेटले जित हासिल गरेको थियो ।

यस खेलको विजयी टिमले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ । त्यस्तै पराजित हुने टिमको यस सिजनको आइपिएल समाप्त हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *