खेलकुद

गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ । मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको हो ।

मुम्बईले दिएको २२९ रनको लक्ष्य पछाएको गुजरातल २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा मुम्बईले पञ्जाव किंग्सको सामना गर्ने छ । यो खेल आइतबार हुने छ ।

त्यस्तै हारसँगै गुजरात टाइटन्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *