खेलकुद

पञ्जाव किंग्समाथि दिल्ली ६ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा दिल्लीले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २०७ रनको लक्ष्य पछाएको दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा समिर रिज्वीले सर्बाधिक ५८ रन बनाएका थिए भने करुण नायारले ४४, के एल राहुलले ३५ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५३, मार्कस स्टोयनिसले ४४ रन बनाएका थिए ।

यो जितपछि दिल्लीले सबै खेल खेल्दै १४ खेलमा १५ अंक हासिल गर्दै पाँचौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

त्यस्तै अर्कोतर्फ प्लेअफमा पुगेका टिम बाहिर भएका टिमसँग लगातार तेस्रो दिन पराजित भएका छन् । पञ्जावको यो हारपछि अब प्लेअफको शिर्ष दुईमा रहने समिकरण फेरी परिवर्तन भएको छ । पञ्जावको १३ खेलमा १७ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।

अब अन्तिम खेलपछि नै प्लेअफको समीकरण तय हुने भएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *