काठमाडौँ । नापोलीले इटालीयन सिरी एको उपाधि जितेको छ ।गएराती सम्पन्न खेलमा नापोलीले कागलीअरीलाई २-० गोल अन्तरले जित हासिल गर्दै सिरी ए को यस सिजनको उपाधि जितेको हो ।
नापोलीको जितमा स्कट म्याकटोमीनाय र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।
यो जितपछि नापोलीको ३८ खेलमा ८२ अंक भएको छ र लिगको उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३८ खेलमा ८१ अंक रहेको छ ।
नापोलीको क्लब इतिहासमा यो चौथो सिरी ए उपाधि हो । नापोलीले यसअघि १९८६-८७, १९८९-९०, २०२२-२३ सिजन जितेको थियो ।
सिरी ए को उपाधि सबै भन्दा बढी जित्ने रेकर्ड भने युभेन्टसको नाममा छ । युभेन्टसले ३६ पटक लिग उपाधि जितेको छ । त्यस्तै इन्टर मिलानले २० र एसी मिलानले १९ पटक उपाधि जितेको छ ।




