खेलकुद

रियल म्याड्रिडको संघर्षपुर्ण जीत

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र ज्याकोब रामोनले एक एक गोल गरेका थिए । रामोनले खेलको इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडलाई जित दिलाएका थिए ।

त्यस्तै मल्लोर्काका लागि मार्टिन भलजेन्टले एक गोल फर्काएका थिए ।जितसँगै रियल म्याड्रिडको ३६ खेलमा ७८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

शिर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ८२ अंक रहेको छ र रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ ।

त्यस्तै मल्लोर्काको ३६ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *