खेलकुद

साउदी लिगमा अल नासर पराजित

रियाद। साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ । गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।

 

अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए ।

 

यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।

यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबाट ६० अंकसहित चौथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *