खेलकुद

आर्सनललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १-० ले पराजित गरेको थियो ।

पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए ।

अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *