खेलकुद

मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा न्यूयोर्क रेड बुल्समाथि शानदार जित हासिल गरेको छ ।

 

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले रेड बुल्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसी, लुइस स्वरेज, फाफा पिकाल्ट र मार्सेलो वेगान्डले एक एक गोल गरेका थिए । त्यसैगरी न्यूयोर्क रेड बुल्सका लागि एरिक म्याक्सिमले एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी १० खेला २१ अंकसहित वेस्टर्न कन्फेरेन्समा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क रेड बुल्स भने ११ खेलमा १५ अंकसहित नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *