खेलकुद

राजस्थानले ८ विकेटले बिजयी, बन्यो दुई नयाँ रेकर्ड

काठमाडौं। हिजो राती भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेल खेलिएको थियो । यस खेलमा टस जितेर ब्याटिङ गर्दै गुजरातले २०९ रनको विशाल स्कोर बनायो। जुन खेलमा जीटीका लागि शुभमन गिल बाहेक जोस बटलरले अर्धशतकीय पारी खेलेका थिए।

 

तर, यी दुई ब्याट्सम्यानको इनिङ्स १४ वर्षका खेलाडी वैभव सूर्यवंशीले ध्वस्त पारिदिए । उनले आईपीएल इतिहासमा दोस्रो द्रुत शतक बनाए। साथै, उनी आईपीएल इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । आफ्नो शतकीय पारीका आधारमा उनले राजस्थानको जित सुनिश्चितसमेत गरे । अन्ततः खेल राजस्थानले ८ विकेटले जित्यो ।

 

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । ओपनर साई सुदर्शनले ३० बलमा ३९ रनको इनिङ खेले । यसबाहेक शुभमन गिलले ५० बलमा ८४ रन बनाए । जोस बटलरले पनि २६ बलमा ५० रन बनाए । यी तीन ब्याट्सम्यान बाहेक गुजरातका अन्य कुनै खेलाडीले खास केही गर्न सकेनन् ।

गुजरातले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका वैभव सूर्यवंशीले आँधीबेहरी बनाए । ओपनरका रुपमा उनले पहिलो १७ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। यसपछि उनले मात्र ३५ बलमा शतक पूरा गर्न सफल भए । यसरी सूर्यवंशी आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक पूरा गर्ने पहिलो भारतीय खेलाडी बने । योसँगै उनले ३७ बलमा शतक प्रहार गर्ने युसुफ पठानको कीर्तिमान तोडेका छन् ।

 

यसबाहेक उनी क्रिस गेलपछि आइपिएलमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो खेलाडीसमेत बनेका छन् । आफ्नो इनिङ्समा यी ब्याट्सम्यानले ११ छक्का र ७ चौका प्रहार गरेका थिए । तर, ११ दशमलव ५ ओभरमा प्रसिद्ध कृष्णले सूर्यवंशीको इनिङ्सलाई समाप्त गरिदिए ।

वैभवका अलावा यशस्वी जैसवालले पनि अर्धशतक बनाउन सफल भए । जैसवालले ४० बलमा ७० रनको उत्कृष्ट अविजित इनिङ खेले । ९ चौका बाहेक उनले २ छक्का समेत प्रहार गरेका छन् । अन्ततः राजस्थानले १५.५ ओभरमा २१२ रन बनाएर ८ विकेटले ऐतिहासिक जित दर्ता गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *