खेलकुद

आईपीएलमा पहिलो पटक बर्षाका कारण भयो खेल रद्द

काठमाडौं। आईपीएल २०२५ सिजनको यो पहिलो खेल हो, जुन वर्षाका कारण रद्द हुन पुगेको छ ।  यो नतिजाले अंक तालिकामा प्रभाव पारेको छ र पञ्जाब किंग्स अब चौथो स्थानमा पुगेको छ ।

 

आईपीएल २०२५ मा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल बिना नतिजा रद्द भएको हो ।  कोलकाताको इडेन गार्डेन्समा शनिबार २६ अप्रिलमा खेलिएको यस खेलमा पञ्जाब किंग्सले आयोजक नाइट राइडर्सविरुद्ध शानदार ब्याटिङ गर्दै ठूलो रनसमेत बनाएको थियो ।

 

तर कोलकाताको इनिङ्स सुरु हुनेबित्तिकै वर्षाले सुरू भयो । र, करिब डेढ घण्टाको पर्खाइपछि अन्ततः अम्पायरले खेल रद्द गर्ने निर्णय गरे । यो सिजनमा पहिलो पटक कुनै खेल रद्द भएको हो । यो नतिजाले कोलकाताका लागि समस्या बढाएको छ ।

इडेन गार्डेन स्टेडियममा भएको यो खेलमा फेरि एकपटक फ्यानको अभाव देखिएको थियो र रंगशाला पूर्ण रुपमा भरिएको थिएन । यो दृश्य यस सिजनको सुरुमा पनि देखिएको थियो । यस्तो अवस्थामा कोलकाताले सोचे जस्तो ठूलो स्वरमा आफ्ना फ्यानहरूको साथ पाउन सकेको देखिएन ।

 

ओपनिङ जोडी प्रियांश आर्य र प्रभसिमरन सिंहले आएका दर्शकलाई चुपचाप बस्न बाध्य बनाएको थियो । यो सिजन यी दुई युवा ओपनरले पञ्जाबलाई तीव्र सुरुवात दिएका थिए र फेरि पनि त्यस्तै भयो। पञ्जाबले २० ओभरमा २०१ रन बनाएर कोलकत्ता सामु प्रस्तुत भएको थियो ।

 

तर, कोलकत्ताको खेल सुरू हुन नपाउँदै बर्षा भए पछि अन्ततः पञ्जाव किंग्स चौथों स्थानमा उक्लिन सहज भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *