खेलकुद

माइन्ज बिरूद्द ब्रायन म्युलिखको सहज जीत

काठमाडौं। बायर्न म्युलिखले पुनः जीत हासिल गरेको छ ।

बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा शनिबार भएको माइन्जविरुद्ध खेलमा ३–० को सहज जित दर्ता गरेको छ ।

एलियान्ज एरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन लिरोय साने, माइकल ओलिसे र एरिक डियरले गोल गरेका थिए । जसअनुसार खेलको २७औं मिनेटमा सानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ४०औं मिनेटमा ओलिसेले टोलीको अग्रता दोब्बर बनाएउन सफल भए ।

 

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा डियरले गोल गर्दै बायर्नलाई ३–० को सहज जित दिलाइदिए ।

 

जितसँगै बायर्नले ३१ खेलवाट ७५ अंक जोडन सफल छ भने पराजित माइन्ज समान खेलबाट ४७ अंकका साथ सातौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *