
बुटवल। ब्राजिलका विश्वकप विजेता लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोसले बुटवल लुम्बिनी क्लबका अध्यक्ष सुशील कडरियासहित खेलाडी र सञ्चालकहरूसँग भेटघाट गरेपछि स्थानीय फुटबल जगतमा उत्साहको सञ्चार भएको छ।
एक फुटबल लिजेन्डलाई आफ्नै शहरमा पाउँदा खेलाडीहरू मात्र हौसिएका छैनन्, यो भेटले क्लबको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र स्थानीय फुटबलको विकासमा नयाँ आयाम थप्न सक्ने विश्वास लिइएको छ। रोबर्टो कार्लोसको उपस्थिति युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्नुका साथै क्लबलाई थप व्यावसायिक बन्न मार्गनिर्देशन गर्न सक्ने अपेक्षा गरिएको छ।
गणेश उप्रेतीले यस्तो ऐतिहासिक भेटघाटले क्लब र समग्र बुटवलको फुटबल विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। रोबर्टो कार्लोस जस्ता व्यक्तित्वको आगमनले यहाँको फुटबलको स्तरवृद्धिमा मद्दत पुग्ने र युवा प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थप ऊर्जा मिल्ने उनको भनाई छ।